काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको पदबाट राजीनामा दिएका छन्।
सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवार बनी नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की मुख्यमन्त्री बन्न सफल भएपछि नैतिकताका कारण थापाले दलको नेताबाट राजीनामा दिएका हुन्।
कांग्रेससहितको गठबन्धनले कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सारे पनि शेखर पक्षले विद्रोह गरी केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो।