Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

चार जिल्लाका सिडिओ फेरिए

चार जिल्लाका सिडिओ फेरिए

दैनिकी न्यूज

२६, आश्विन २०८०
चार जिल्लाका सिडिओ फेरिए
images

काठमाडौं । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ।

मंगलबार गृह मन्त्रालयले सिडिओको सरूवा एवं पदस्थापन गरेको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाका सिडिओ कोमलप्रसाद धमालको सरूवा भएको छ। उनको जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरूवा भएको हो।

सर्लाहीका इन्द्रदेव यादवको इलाममा सरूवा भएको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ एवं सहसचिव विपीन आचार्यको गृहमन्त्रालयमा सरूवा भएको हो। इलाममा रहेका श्रवणकुमार पोखरेलको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरूवा भएको हो।

यस्तै गृह मन्त्रालयमा रहेका टुवराज पोखरेलको जिल्ला प्रशासन कार्यालय दोलखामा पदस्थापन भएको हो।

images
प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - ०८:२९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology