Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

दैनिकी न्यूज

२५, आश्विन २०८०
बझाङमा भूकम्पको धक्का
images

काठमाडौं । बझाङमा फेरि मध्यराती भूकम्प गएको छ । बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर मध्यरात भूकम्प गएको हो ।

मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी दिएका छन् । उनका अनुसार बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प गएका छन् ।

अहिलेसम्म भूकम्पले के कति क्षति पु¥याएको छ भन्नेबारे विवरण आइसकेको छैन । पछिल्लो समय बझाङ केन्द्रबिन्दु बनाएर निरन्तर ठूलासाना भूकम्प गइरहेका छ ।

गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।

अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन् । सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको खप्तडछान्ना गाउँपालिका वडा नं. ५ का राजेश कार्कीले बताए ।

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - १०:३३:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology