Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

'टिम महेश' बाट उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीद्वारा आफ्ना एजेंडा सार्वजनिक

'टिम महेश' बाट उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीद्वारा आफ्ना एजेंडा सार्वजनिक

दैनिकी न्यूज

२५, आश्विन २०८०
'टिम महेश' बाट उपाध्यक्ष पदका उम्मेदवार राज रेग्मीद्वारा आफ्ना एजेंडा सार्वजनिक
images

काठमाडौँ -  आउँदा सातादेखि  सुरु हुन लागेको गैर आवासीय नेपाली संघको  ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठले नेतृत्व गरेको टिम महेशबाट उपाध्यक्षका उम्मेदवार  राजु (राज) रेग्मीले मातृभूमिको समृद्धिकोलागी सामूहिक लगानी प्रवर्द्धन, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार तथा  प्राविधिक शिक्षालयको स्थापना आफ्नो मुख्य एजेन्डा रहेको बताएका छन्।

कतारलाई कर्मथलो बनाएका सफल व्यवसायी रेग्मीले  एनआरएनएको संस्थागत गरिमा बढाउने र समृद्ध नेपालको सपनालाई सार्थक तुल्याउन आफ्नो टिमले काम गर्ने बताए।  ११ औं महाधिवेशनको पूर्व सन्ध्यामा एक अपिल जारी गर्दै हाल संघका युवा उपाध्यक्ष रहेका रेग्मीले संसार भरिका प्रवासी नेपालीहरुको सहयोगबाट मातृभूमिको समृद्धिका लागि  आफ्नो टिमले काम गर्ने बताए ।

खासगरी नेपालमै स्वरोजगार वृद्धि गर्न र विदेशबाट विभिन्न सीप बोकेर फर्केका ‘रिटर्नी माइग्रेंट’ हरु का  लागि  नेपालमा नै रोजगार श्रृजना गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - ०८:००:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology