Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

मंगलबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

मंगलबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

दैनिकी न्यूज

२२, आश्विन २०८०
मंगलबार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
images

काठमाडौं । सरकारले असोज २३ गते मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

त्यस्तै बैठकले इजरायलमा मृत्युभएका नेपालीका परिवारलाई राहत स्वरुप प्रति परिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । बैठकले त्यहाँ रहेका नेपालीहरु नेपाल फर्किन चाहने यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - २१:००:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology