Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

भूमि आयोगद्वारा गोदावरीको छम्पीका भूमिहीनलाई निस्सा वितरण

भूमि आयोगद्वारा गोदावरीको छम्पीका भूमिहीनलाई निस्सा वितरण

दैनिकी न्यूज

१९, आश्विन २०८०
भूमि आयोगद्वारा गोदावरीको छम्पीका भूमिहीनलाई निस्सा वितरण
images

ललितपुर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका वडा नं. ९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो । समितिले यसअघि बागमती, कोन्ज्योसोम, महाँकाल गाउँपालिकाका साथै गोदावरी–३, ७ र १२ का भूमिहीनलाई निस्सा वितरण गरिसकेको छ ।

निस्सा वितरण गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको बताए । “लोकतन्त्र र मानवतामा कोहीको भूमि हुने, कोहीको नहुने भन्ने हुँदैन । कसैको घटी, कसैको बढी होला । तर सबै नेपालीको भूमिमाथि अधिकार हुनुपर्छ”, उनले भने ।

पहिलोपटक विपी कोइराला नेतृत्वको निर्वाचित सरकारले भूमिसुधार लागू गरेको उल्लेख गर्नुहुँदै नेता राणाले तीन–चारपटक भूमि सुधार नीति अगाडि बडेको तर्क गरे ।

गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए ।

भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरेले आयोगले सक्रियताका साथ काम गरिरहेको उल्लेख गर्दै पहिले सुकुम्बासी पहिचान गर्ने र प्रमाणित भएपछि स्थानीय तहले उपलब्ध गराएको स्थानमा जग्गाधनी पुर्जा वितरण गरिने बताए ।

nissa.jpg

निस्सा वितरण कार्यक्रममा नगरउपप्रमुख मुना अधिकारी, वडाध्यक्ष आत्मराम थापालगायतको उपस्थिति थियो ।

images
प्रकाशित मिति :आश्विन १९, २०८० शुक्रवार - ०८:०३:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology