Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

असोज १५ गते उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ हेटौंडा आउने

असोज १५ गते उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ हेटौंडा आउने

दैनिकी न्यूज

१२, आश्विन २०८०
असोज १५ गते उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ हेटौंडा आउने
images

हेटौंडा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ असोज १५ गते हेटौंडा आउने भएक छन् ।

मकवानपुरको स्थापित सञ्चारगृह रेडियो सन्देश १०६.९ मेगाहर्ज, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको सयुक्त बार्षिक उत्सव लगायतका कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ हेटौंडा आउन लाग्नु भएका हुन् ।

बार्षिक उत्सव कार्यक्रम असोज १५ गते बिहान १० बजे हेटौंडा–२ मा रहेको पल्पसा प्याराडाईज होममा हुने बताईएको छ । बार्षिक उत्सव कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारलाई ‘रामचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारू प्रदान गरिने छ भने विभिन्न सम्मान र पुरस्कारहरु प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष सुनिल खड्काले बताए ।

निकास साप्ताहिकले बिगत १७ बर्षदेखि निरन्तर विविध सामाजिक कार्य गर्दै बार्षिक उत्सव मनाउदै आईरहेको थियो । पछिल्लो समयदेखि रेडियो र अनलाइनको पनि सयुक्त रूपमा बार्षिक उत्सव गर्न शुरु गरिएको अध्यक्ष खड्काले बताए ।

निकास साप्ताहिक विगत २० बर्षदेखि मकवानपुरबाट हरेक बिहीवार नियमित प्रकाशित हुँदै आएको छ भने सामुदायिक सञ्चार समुहद्वारा संचालित रेडियो सन्देश १०६.९ मेगाहर्ज ६ बर्षदेखि हेटौंडाबाट संचालित छ । त्यस्तै जनमुखी मिडिया प्रालिद्वारा संचालित थाहा नेपाल डटकम २ बर्षदेखी काठमाडौ र हेटौंडाबाट संचालनमा रहेको छ । तिनवटै सञ्चारगृहका अध्यक्ष खड्का हुन ।

गृहमन्त्री श्रेष्ठ १४ गते बेलुकी हेटौंडा आईपुग्ने कार्यक्रम रहेको उहाको प्रमुख स्वकीय सचिव बिजय गौतमले जानकारी दिए ।

असोज १५ गते बिहान ७ बजे बागमती प्रदेश प्रहरी कार्यालयमा अन्तरक्रिया, ८ः३० बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सुरक्षा ब्रीफिङ, बिहान १० बजे रेडियो सन्देश, थाहा नेपाल र निकास साप्ताहिकको सयुक्त बार्षिक उत्सव, १२ बजे अगुवा कार्यकर्ता भेला र २ बजे हेटौंडा जेसीजको आयोजनामा ‘पब्लिक स्पिकिङ प्रतियोगिता’ कार्यक्रमलाई सम्बोधन गर्न गृहमन्त्री श्रेष्ठ हेटौंडा आउन लाग्नु भएका हुन् ।

गृहमन्त्री श्रेष्ठको मन्त्री भएपछि यो पहिलो मकवानपुर जिल्ला भ्रमण हो । श्रेष्ठ २०७० को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उठेका थिए ।

images
प्रकाशित मिति :आश्विन १२, २०८० शुक्रवार - ०९:५०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology