भक्तपुर । भक्तपुरकी एक महिलाले आफूले सापटी रकम मागेर तिर्नेबेलामा ठगिन पुगेको बताएकी छन् । भक्तपुर गठ्ठाघरकी राधादेवी श्रेष्ठले आफूले थोरै रकम ऋण माग्दा त्यसवापत चर्को शुल्क तिर्नु परेको गुनासो गरेकी हुन्् । श्रेष्ठले १५ लाख रुपैयाँ रकम सापटी लिँदा ३० लाख भन्दा बढी र ४० लाख रुपैयाँ सापटी लिदा त्यसको दोब्बर ८० लाख रकम तिर्र्नपरेको बताएकी छन् । तर उनले सो रकम सबै तिरिसकेकी भने छैनन् । उनले आफूुले ऋण लिएकोमा १५ प्रतिशत व्याज तिरेर तिर्न सहमत भएपनि दोब्बर रकम तिर्न नसक्ने बताउँदै आएकी छन् । श्रेष्ठले २०७८ माघमा १५ लाख रुपैयाँ श्रेष्ठले आफ्ना चिनजानकै व्यक्ति कल्पना पराजुली र केशव तिम्लसिनासँग ऋण मागेको बताइन् । तर एक वर्षपछि सो रकम फिर्ता गर्नेबेलामा त्यसको दोब्बर माग गरेको श्रेष्ठको गुनासो छ ।
उनले एक पटक १५ लाख र एकपटक ४० लाख सापटी लिएकी थिइन् । तर त्यतिबेला सापटी दिँदा कल्पना र केशबले उनीसँग चेक धितो मागेका थिए । राधादेवीले भनेजती रकम नदिएको भन्दै उनीहरुले त्यही चेकको दुरुपयोेग गर्दै जिल्ला अदालत काठमाडौंमा चेक अनादरमा मुद्दा दर्ता गराएका थिए । राधादेवीले पनि आफू ठगिएको भन्दै मिटर व्याज पीडितको तर्फबाट जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी दिएका थिइन् ।
तर कल्पना र केशवले उक्त उजुरी फिर्ता गर्न दबाब दिँदै आफूमाथि आक्रमणको प्रयाससमेत गरेको राधादेवीको गुनासो छ । ‘मैले थोरै रकम सापटी लिएकी थिएँ, तर धेरै रकम तिर्नुपरेको छ,’ उनले भनिन्, ‘उनीहरुले मलाई होटलमा लगेर थुनेको पनि छ, मैले ५० लाख भन्दा बढी रकम दिइसकेकी छु ।’ उनले डिल्लीबजारको रोयल होटलमा बोलाएर तीन घण्टासम्म होटलमा थुनेको आरोप लगाइन् ।


अपहरण पछि राखिएको होटल