Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

एमालेको बागमती प्रदेश अधिवेशन आज र भोलि

एमालेको बागमती प्रदेश अधिवेशन आज र भोलि

दैनिकी न्यूज

८, आश्विन २०८०
एमालेको बागमती प्रदेश अधिवेशन आज र भोलि
images

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशन आज र भोलि काठमाडौंमा हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

अधिवेशनलाई प्रविधिमैत्री बनाउन उद्घाटन रोबोटको माध्यमबाट गरिने र नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गराइने गरी तयारी भइरहेको एमालेले जनाएको छ । एमालेका अनुसार अधिवेशनमा ११ सय ३८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म करिब डेढ दर्जनले आकाङ्क्षा राखेका छन् । अहिलेका अध्यक्ष केशव पाण्डे, बाग्मती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल लगायतले नेतृत्वका लागि दाबी गर्दै आएका छन् ।

एमालेको बागमती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ ।

एमालेले प्रदेश अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र चुनावको विकल्प खुला राख्ने नीति तय भएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - ०८:२९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology