ललितपुर । ललितपुरको गुर्सिङगल र कुसुन्तिमा चोरी भएको छ ।
ललितपुर महानगरपालिका वडा नं. २ सानेपा गुर्सिङगल डेरा गरी बस्ने उदयपुर बेलका नगरपालिका–८ घर भएका ३१ वर्षीय कमल बहादुर कटुवालको कोठाबाट नगद, टिभी, सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ७ लाख १८ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । प्रहरी बिट सानेपाबाट खटिएको प्रहरीले शंकास्पद १ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी ललितपुर महानगरपालिका–१३ कुसुन्ती हजुरबुबा चोक बस्ने बिकास महर्जनको घरबाट करिब ३ लाख रूपैयाँ बराबरको सुनको गहना बिहीबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।