Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने

दैनिकी न्यूज

२, आश्विन २०८०
अब चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नहुने
images

काठमाडौं । गृह मन्त्रालयबाट जारी ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ सोमबार राजपत्रमा प्रकाशित भएको छ।

जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुने छैन।

साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ।

कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा बिचाराधीन रहेको, मुद्दा फिर्ता लिईएको वा कसुर भुक्तान भइसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिईने निर्देशिकामा उल्लेख छ।

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०७:०७:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology