Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

चार जनाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

चार जनाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

दैनिकी न्यूज

१, आश्विन २०८०
चार जनाको हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ तिनकुनेस्थित दिव्या सः मिलभित्र धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे
नगरपालिका-९ घर भई काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय संजय भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त सः मिलमा कामदारको रूपमा बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका-८ घर भएका ५६ वर्षीय कुमार भुजेल भन्ने पूर्ण बहादुर भुजेल, उनकै श्रीमती ५० वर्षीय अम्विका भुजेल, पूर्ण बहादुरकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गाउँपालिका-२ घर भई सोही मिलमा बस्ने १९ वर्षीय नबिन भन्ने विशाल राईसमेत ४ जना शुक्रबार राति धारिलो हतियार प्रहार भई मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न भण्डारीलाई काँडाघारी वीरेन्द्र चोकबाट पक्राउ गरेको हो ।

केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले संजयलाई ठक्कर दिँदा उनीहरूबीच विवाद भएको र विशालले कुटपिट समेत गरेको रिसइबीका कारण विशाललाई भेट्छु, निहु खोज्यो भने छप्काई दिन्छु भन्दै खुकुरी बोकी मिलको पछाडि पट्टीको बन्द गेटबाट चढेर विशाल बसेको कोठाको सोफामा बसेको अवस्थामा विशालले किन यहाँ बसेको भन्दै कुटपिट गरेपछि संजयले रिस थाम्न नसकी खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको र अन्य ३ जनालाई सो घटना बाहिर आउने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै संजयको साथबाट घटनामा प्रयोग भएको १ थान खुकुरी प्रहरीले बरामद गरेको छ ।

प्रतिवादी भण्डारी जन्मजात बोल्न नसक्ने भएकोले घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा बिज्ञ झिकाई थप सोधपुछको क्रममा निजले आफुले सम्पुर्ण घट्ना एक्लै
घटाएको स्विकार गरेको र घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य जारी रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - १०:०६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology