Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ होः मन्त्री किराती

गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ होः मन्त्री किराती

दैनिकी न्यूज

२९, भाद्र २०८०
गोदावरी पर्यावरणका हिसाबले देशकै नमूना ठाउँ होः मन्त्री किराती
images

ललितपुर। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ललितपुरको गोदावरी क्षेत्र पर्यावरणका हिसाबले देशकै नमूना भएको बताएका छन् ।

गोदावरी नगरपालिका वडा नं. ३ कार्यालयले बिहीबार आयोजना गरेको बृहत् सरसफाइ कार्यक्रममा सहभागी हुँदै उनले विश्वमा नपाइने जडीबुटी तथा वनस्पति पाइने भएकाले सबैलाई यहाँ घुम्न र अवलोकन गर्न आग्रह गरे ।

‘गोदावरी पर्यावरण क्षेत्रका हिसाबले देशकै नमूना ठाउँ हो,’ मन्त्री किरातीले भने, ‘जडीबुटी र वनस्पतिले भरिपूर्ण गोदावरी क्षेत्रमा सबै अवलोकनका लागि आउनुपर्ने देखिन्छ ।’

यस क्षेत्र पर्यटनका लागि पनि देशकै नमूना भएकाले सुन्दर बनाउनुपर्नेमा उनले जोड दिए । मन्त्री किरातीले पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण बढ्दै गएकाले पनि सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष सानुराज घिमिरेले वडा नम्बर ३ मा मात्र नभएर हरेक क्षेत्रमा फोहरको उचित व्यवस्थापन गरी टोललाई सफा राख्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा मन्त्री, जनप्रतिनिधि, सरसफाइ अभियानकर्ता, स्थानीय, कर्मचारी, व्यवसायी र प्रहरीको सहभागिता थियो ।

sar.jpg

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - ०८:१०:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology