Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

पहिरोपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

पहिरोपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

दैनिकी न्यूज

२६, भाद्र २०८०
पहिरोपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध
images

चितवन। सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिएका छन् ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । नारायणगढ मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - ०८:३८:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology