ललितपुर । ललितपुरको पाटनढोका र धापाखेलमा चोरी भएको छ ।
ललितपुर महानगरपालिका-१० पाटन ढोकास्थित IDI (Information Dissemination Initiative Pvt.Ltd,) बाट १ थान प्रोजेक्टर र Foresight Pvt.Ltd. बाट २ थान ल्यापटप गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
यसैगरी ललितपुर, गोदावरी नगरपालिका-१२ धापाखेलस्थित मकवानपुर थाहा नगरपालिका-२ पालुङ घर भएका रमा कार्कीको रमा फेन्सी स्टोर पसलबाट करिब २ लाख ४७ हजार रूपैयाँ बराबरको विभिन्न कपडा गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।