Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

दैनिकी न्यूज

२३, भाद्र २०८०
अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
images

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमि नगरपालिका वडा नं. ४ घर भई काठमाडौं सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई होटलमा मासिक ३ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौम उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाईएको ।

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - १२:०१:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology