Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

प्रवचनहरु सुनेर आत्मालाई पवित्र वनाउने सोच हुनुपर्छ - मन्त्री आचार्य

प्रवचनहरु सुनेर आत्मालाई पवित्र वनाउने सोच हुनुपर्छ - मन्त्री आचार्य

दैनिकी न्यूज

२२, भाद्र २०८०
प्रवचनहरु सुनेर आत्मालाई पवित्र वनाउने सोच हुनुपर्छ - मन्त्री आचार्य
images

ललितपुर । महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले प्रवचनहरु सुनेर आत्मालाई पवित्र वनाउने सोच हुनुपर्ने धारणा राखेका छन्। विहिबार ललितपुरको बाडेगाउँस्थित मामाघर अनाथालय आश्रमद्वारा सञ्चालित महायज्ञको दोस्रो दिनको सन्ध्याकालीन समारोहमा मन्तव्य राख्दै मन्त्री आचार्यले मातृत्व प्रदान गर्ने पवित्र भावनाले सञ्चालन गरेको महायज्ञले सफलता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरे ।

'धार्मिक प्रवचनहरु सुनेर आत्मालाई पवित्र वनाउने सोच हामीमा हुनुपर्छ । पछिल्लो समय हिन्दु धर्ममाथि अफवाह फैल्याउने काम भएको छ। धर्म प्रति वितृष्णा फैलिएको समयमा पनि धार्मिक काम गरेकोमा हार्दिक आभार व्यक्त गर्न चाहान्छु । धार्मिक प्रवचनहरु सुनेर आत्मालाई पवित्र वनाउने सोच हामीमा हुनुपर्छ र सत्मार्गमा लाग्नुपर्छ ।' मन्त्री आचार्यले भने ।

उनले थप स्थानहरुमा पनि यश किसिमका आश्रमहरु वनाउँदै जानुपर्ने धारणा व्यक्त गरे । उनले मामाघर अनाथालय सञ्चालन र व्यवस्थापनका लागि का लागि मन्त्रालयबाट गर्न सक्ने हरेक कामकुरा गर्ने प्रतिवद्दता

मन्त्रालयबाट हुन सक्ने सहयोग र कार्यक्रमहरु प्रदान गर्ने जानकारी गराए ।

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ०८:१३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology