Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बैंकिङ कसुर मुद्दाका फरार पराजुली ललितपुरबाट पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार पराजुली ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

२२, भाद्र २०८०
बैंकिङ कसुर मुद्दाका फरार पराजुली ललितपुरबाट पक्राउ
images

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई पनि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नं. ३ बस्ने ५२ वर्षीय हरिभक्त पराजुली छन्।

काठमाडौँ जिल्ला अदालत बबमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका पराजुलीलाई प्रहरीको टोलीले बिहीबार ललितपुर महानगरपालिका पुलचोकबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्ज काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

images
प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ०६:४६:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology