Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बारा दुर्घटना परी १ नेपालीसहित ७ को मृत्यु, १७ यात्रु घाइते

बारा दुर्घटना परी १ नेपालीसहित ७ को मृत्यु, १७ यात्रु घाइते

दैनिकी न्यूज

७, भाद्र २०८०
बारा दुर्घटना परी १ नेपालीसहित ७ को मृत्यु, १७ यात्रु घाइते
images

काठमाडौं । । पुर्व पश्चिम लोक मार्ग सडक खण्डमा चुरियामाई मन्दिर नजिक काठमाण्डौबाट जनकपुर तर्फ आउदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नं.को बस दुर्घटना भएको छ । बाराको जितपुरसिमरा–२२ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बस आज बिहान २ः३० बजे बस सडकको दाया साइडमा १०/१५ मिटर तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपटीका विजयलाल पण्डित, भारत राजस्थानका बहादुर सिंह, सत्यवती, राजेन्द्र चतुरवेदी, श्रीकान्त चतुरवेदी, बैजन्ती देवी, मिरा देवी र विजयलाल पण्डित रहेको प्रहरीले जनाएको छ ।

बसमा सबार १७ यात्रु घाइते छन् । घाइतेहरूमध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक र सह–चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

घाइते हुनेहरूमा भारत राजस्थानका काघनश्याम चतुरवेदी, महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाउँपालिका जनकपुरका वर्षका घुरन मण्डल, महोत्तरी लोहारपटी नगरपालिकाका जसबेन्दर पासवान र भारत राजस्थान बस्ने माया देवी रहेकी छन् ।


यस्तै सोही ठाउँका अनिल कुमार, तारावती चतुरवेदी उनकै नातिनी कृत्तिका चतुरवे, श्याम लाल माली, हरवारी माली र चौथी देवी रहेका छन् ।

त्यसै गरी भारत राजस्थानकै सुरेश चन्द्र चक्रवर्ती, राम प्रसाद, धरम सिंह, इन्दु धाकड, गर्बिदा चतुरवेदी र राम कुमार चतुरवेदी रहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - ०९:२७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology