Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको अभियोगमा छ जना पक्राउ

नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको अभियोगमा छ जना पक्राउ

दैनिकी न्यूज

६, भाद्र २०८०
नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको अभियोगमा छ जना पक्राउ
images

मोरङ । विराटनगर महानगरपालिका वडा नं. ९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–२ घर भई दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा। तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका–९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका(२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्य नारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका–१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन् ।

ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा। तपेश्वर लाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरेको हो । साथै निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ ।

उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - १८:३५:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology