Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण भएको ठहर : अध्यक्ष नेपाल

एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण भएको ठहर : अध्यक्ष नेपाल

दैनिकी न्यूज

४, भाद्र २०८०
एमालेबाट विद्रोह गर्नु औचित्यपूर्ण भएको ठहर : अध्यक्ष नेपाल
images

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन्।


दुई दिनसम्म चलेको एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकको सोमबार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालीन एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन्।

उनले आफूहरुले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद् समाप्त पारिसकेको हुने विश्लेषण सुनाए।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले विद्रोह नगरेको भए आफ्नो विचारसमूहका कार्यकर्ताहरुमाथि दमन र अत्याचार हुने पनि बताए।

त्यस्तै, उनले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिएको प्रवक्ता खतिवडाले जानकारी दिए। नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरुलाई आग्रह गरेका थिए।

images
प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १९:०८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology