Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा

नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा

दैनिकी न्यूज

४, भाद्र २०८०
नेपाल प्रहरीका ५ जना एसएसपीको सरुवा
images

काठमाडौं । नेपाल प्रहरीका ५ जना एसएसपीहरूको सरुवा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंमा भूपेन्द्र खत्री सरुवा भएका छन् । दानबहादुर कार्कीलाई काठमाडौंबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ ।

त्यस्तै अपराध अनुसन्धानको प्रमुखमा सोमेन्द्रसिंह राठौर सरुवा भएका छन् भने मनोज केसीलाई त्यहाँबाट महिला बालवालिका निर्देशनालयमा सरुवा गरिएको छ ।

निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सरुवा गरिएको छ । ललितपुरका सिद्धीविक्रम शाह र सीआईबीको दिनेश आचार्यको भने यसपटक सरुवा भएको छैन ।

images
प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - १८:५१:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology