Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज कर्णालीमा सार्वजनिक बिदा

आज कर्णालीमा सार्वजनिक बिदा

दैनिकी न्यूज

४, भाद्र २०८०
आज कर्णालीमा सार्वजनिक बिदा
images

काठमाडौं । कर्णाली कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ ।

आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन् ।

उनका अनुसार कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेपछि सो निर्णयका विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो ।

आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका गोपालसिंह रजबार, टीकाराम गौतम र यामबहादुर बिसीले सहादत प्राप्त गरेका थिए ।

उनीहरूको सहादतपछि तत्कालीन सरकारले साबिक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लालाई जोडेर ६ नं प्रदेश घोषणा गरेको थियो ।

images
प्रकाशित मिति :भाद्र ४, २०८० सोमवार - ०९:१३:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology