Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

आज एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

दैनिकी न्यूज

३, भाद्र २०८०
आज  एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै
images

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आजदेखि शुरु हुने भएको छ ।

शनिवार काठमाडौंको आलोकनगरस्थित केन्द्रिय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रिय कमिटी बैठक पनि बोलाइएको छ । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेण्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

पोलिटब्युरो बैठकले केन्द्रिय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उनले बए ।

प्रवक्ता खतिवडाले भने, ‘हामी पोलिटव्यूरो बैठक भोलिदेखि शुरु गरिरहेका छौं । भदौ ३ र ४ गते हाम्रो पार्टीको केन्द्रिय पोलिटब्युरो बैठक बस्दैछ । भदौ ५, ६ र ७ गते केन्द्रिय कमिटी बैठक बस्दैछ । यसका एजेण्डाहरू हामीले पहिले नै तय गरेर पठाईसकेका छौं । आज र भोलीको पोलिटब्युरो बैठकमा वर्तमान परिस्थिति, वर्तमान राजनीति अथवा समसामयिक परिस्थिति र हाम्रो पार्टीको आगामी कार्यभार नै हाम्रो मुख्य विषय बनेको छ । यसैको सेरोफेरोमा पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राख्नु हुनेछ । र, भोली हामी यो बैठकको समापन गर्नेछौं । आज बेलुका ६ बजे समाजवादी मोर्चाको बैठकमा पनि बस्दैछ । यो पनि मैले बेलामा यहाँहरुलाई जानकारी गराएँ । हामीले सबै तयारी केन्द्रिय कमिटीको बैठक भदौ ५, ६ र ७ का लागि तयारी गरिरहेका छौं । ७ गते हाम्रो केन्द्रिय कमिटी बैठक कन्क्युड गर्दैछौं । धेरै महत्वपूर्ण निर्णय र प्रश्तावहरु त्यही बेला पारित हुँदैछन् ।’

नेकपा एस आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । एसका नेता झलनाथ खनालले नेतृत्वका लागि आफ्नो दाबी हुने÷नहुने भन्ने कुरा महाधिवेशन हलले नै तय गर्ने बताए ।

images
प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - ०८:१४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology