Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

कोशीका मुख्यमन्त्री थापाले सोमवार विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री थापाले सोमवार विश्वासको मत लिने

दैनिकी न्यूज

१, भाद्र २०८०
कोशीका मुख्यमन्त्री थापाले सोमवार विश्वासको मत लिने
images

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउँदो सोमवार विश्वासको मत लिने भएका छन् । थापाले विश्वासको मत लिनका लागि आज प्रदेशसभा सचिवलाई सूचना दिएका थिए ।

उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा सोमवार दिउँसो १ बजे छलफलका लागि समय तोकेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री थापाले आउँदो १३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने छ ।

९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् ।

उपसभामुखसहित एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद प्रतिपक्षमा छन् । उपसभामुख दनुवारले प्रदेशसभाको अध्यक्षता गरिदिएमा मुख्यमन्त्री थापालाई विश्वासको मत प्राप्त हुन्छ ।

अन्यथा ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्थाअनुसार अरू प्रक्रिया अघि बढ्नेछन् । यस्तो अवस्थामा विपक्षी दलहरू एमाले र राप्रपाको सहयोगविना विश्वासको मत लिन चुनौतीपूर्ण हुनेछ ।

images
प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - १६:५२:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology