Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर

दैनिकी न्यूज

३१, श्रावण २०८०
दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर
images

काठमाडौं । विशेष अदालतले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्रप्रसाद रिजाललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले घुस र हिनामिना गरेको विभिन्न ५ वटा कसूरमा दोषी ठहर गरेको हो ।

अदालतले रिजालललाई १ वर्ष कैद, ४ लाख बिगो र सोहीअनुरूप जरिवाना हुने आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २० गते रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले दोलखाको सिडिओ हुँदा रिजालले कार्यालयमा बसेर विभिन्न स्थानमा अनुगमनमा खटिएको भनी भ्रमण भत्ता लिएको अख्तियारको अभियोग पत्रमा जिकिर गरिएको थियो ।

images
प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - ०६:४१:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology