Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

४ जिल्लाका सिडिओ फेरिए

४ जिल्लाका सिडिओ फेरिए

दैनिकी न्यूज

३१, श्रावण २०८०
४ जिल्लाका सिडिओ फेरिए
images

काठमाडौं । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ।

मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

सप्तरीका सिडिओ भुपेन्द्र थापालाई चितवनको सिडिओको रूपमा सरूवा गरिएको छ।

त्यस्तै चितवनका सिडिओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सिडिओ बनाइएको छ।

मन्त्रालयले नुवाकोटका सिडिओ किरण थापालाई सप्तरीमा पठाएको हो।

धनुषाका सिडिओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सिडिओ बनाइएको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - ०६:२७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology