Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

दैनिकी न्यूज

२८, श्रावण २०८०
आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
images

काठमाडौं । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने छ। शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक बताउछन् ।

शुक्रबारको बैठकमा सरकार कांग्रेसप्रति पूर्वाग्रही भएर पार्टीका सांसदहरूलाई पक्राउ गरेको आरोप लगाएका थिए। पार्टीका सांसदहरू भटाभट पक्राउ परेपछि कांग्रेस सांसदहरूले यसबारेमा प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्ने बताएका थिए।

images
प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - ०८:५२:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology