Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

दैनिकी न्यूज

२१, श्रावण २०८०
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
images

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ कौशलटारस्थित रामेछाप सुनपाति गाउँपालिका–५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १७:२७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology