Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

काठमाडौंको तारकेश्वरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

काठमाडौंको तारकेश्वरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

दैनिकी न्यूज

२१, श्रावण २०८०
काठमाडौंको तारकेश्वरमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु
images

काठमाडौं । तारकेश्‍वर नगरपालिका वडा नं. ५ च्वँगाउँ कृष्ण मन्दिरस्थित चन्द्र तामाङको टहरो वर्षाका कारण शनिबार राति पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा उक्त टहरोमा डेरा गरी बस्ने नुवाकोट सामरी गाउँपालिका घर भएका ४१ वर्षीय गणेश तामाङ र उनकै छोरी १४ वर्षीया आस्मा तामाङ रहेका छन् ।

पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । साथै पहिरोमा पुरिएर घाइते भएकी गणेशकी श्रीमती ३५ वर्षीया सन्जु तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १७:२४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology