ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ४ शिखरटोल बस्ने मन्दिरा भट्टराईको घरबाट नगद र विभिन्न गरगहना लगायतका सामान गरी करिब ३ लाख २२ हजार ५ सय रूपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।