काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुर थाहा नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय बिकास देउला (पोडे)लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सुजनको घरमा साउन ६ गते राति सुन तथा हिराका गरगहना र नगदसमेत गरी करिब ८५ लाख २६ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीका सामानहरू देउलासँग रहेको खुल्न आएपछि उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । साथै उक्त कार्यमा हाल अभद्र व्यवहार कसूरको अनुसन्धानको सिलसिलामा प्रहरी वृत्त मालिगाउँको थुनामा रहेका सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भएका ३२ वर्षीय सुमन भन्ने बिष्णु श्रेष्ठको समेत संलग्नता रहेको खुल्न आएको छ ।
देउलालाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।