Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

साधन स्रोतको सीमितताका बावजुत मानव अधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ – सञ्चार मन्त्री शर्मा

साधन स्रोतको सीमितताका बावजुत मानव अधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ – सञ्चार मन्त्री शर्मा

दैनिकी न्यूज

२०, श्रावण २०८०
साधन स्रोतको सीमितताका बावजुत मानव अधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ – सञ्चार मन्त्री शर्मा
images

ललितपुर । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले साधन स्रोतको सीमितताका बावजुत राष्ट्रिय मानव अधिकार आयोगले महत्त्वपूर्ण भूमिका खेलेको वताएकी छिन् । आयोगको कार्यालयमा शुक्रबार मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन पश्चात् मन्तव्य राख्दै मन्त्री शर्माले मान्छेको टाउकोको मूल्य तोक्ने समय र चरम द्वन्द्वको समयमा पनि गरेको काम महत्त्वपूर्ण रहेको बताइन ।

'साधन स्रोतको सीमितताका बावजुत पनि आयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ,चरम द्वन्द्वको समयमा सबै अप्ठ्याराहरुका वावजुत पनि जुन भूमिका निर्वाह गर्दै आउनु भएको छ, यो आफैमा महत्त्वपूर्ण छ । मानव सेवाको काम पनि हो भन्ने मलाई लाग्छ, यो पुन्यको कामका आधारमा तपाईंहरु धन्यवादका पात्र हुनुहुन्छ । मान्छेको टाउकोको मूल्य तोक्ने समय र चरम द्वन्द्वको समयमा आयोगले वोलिदिने कुराले महत्त्वपूर्ण प्रभाव पार्थ्यो र राहत हुन्थ्यो ।' मन्त्री शर्माले भनिन ।

उनले मानव अधिकारलाई बाहिर भएका डकुमेन्टहरु पनि संकलन गरेर राख्न र अभिलेखहरुलाई डिजिटलाइज गरेर राख्ने प्रवन्ध मिलाउन आग्रह गरिन ।

पूर्वप्रधानन्यायाधीश तथा आयोगका पूर्वअध्यक्ष अनुपराज शर्माले आफ्नो सामर्थ्य र शक्तिलाई चिनेर काम गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरिन् ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आसियानी मेडागानगाडा लावेले राष्ट्रिय मानव अधिकार आयोगले गरेको यो कार्यका लागि बधाई भन्दै तथ्याङ्क संकलन र दस्तावेजिकरणको धेरै महत्त्वपूर्ण र गाह्रो काम गरेकोमा प्रशंसा व्यक्त गरिन् । उनले अध्ययनशील मानिसहरुका लागि ज्ञान हासिल गर्न महत्त्वपूर्ण हुने धारणा राखिन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीवावु महर्जनले आयोगसँग सहकार्य गर्न चाहान्छु भन्दै आयोगको नयाँ भवन निर्माणका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सुर्य ढुंगेलले नेपालको अभिलेखालय विभिन्न अन्तर्राष्ट्रिय देशहरुका लागि समेत अनुकरणीय बनोस् भन्ने चाहाना आयोगको रहेको बताए । । उनले मानव अधिकार सरकारको प्राथमिकतामा पर्नुपर्ने विषय भएको भन्दै मानव अधिकार ऐनको पनि अति आवश्यक छ भन्ने धारणा राखे ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापनले आयोगको व्यवस्थापन सरकारको प्राथमिकतामा नपरेको बताए ।

मानव अधिकार आयोग स्थापनाको पृष्ठभूमि, हालसम्मका पदाधिकारीहरुको विवरण, द्वन्द्वकालमा आयोगले खेलेको भूमिका, अनुगमनका क्रममा भेट्टाएका महत्त्वपूर्ण सामग्रीहरू, अनुगमनका क्रममा कैद गरिएका तश्वीरहरुलगायतका सन्दर्भ सामग्रीहरू राखिएका छन् ।

images
प्रकाशित मिति :श्रावण २०, २०८० शनिवार - ०६:५५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology