Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ

सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ

दैनिकी न्यूज

१८, श्रावण २०८०
सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ
images

काठमाडौं । काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गरेको अभियोगमा ५ जनालाई काठमाडौं जोरपाटीबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्याम बहादुर लामा, काठमाडौं कागेश्वर मनहरा डाँछी बस्ने ३६ वर्षीय भिम बहादुर बस्नेत, कागेश्वर मनहरा मुलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ र रामेछाप गोकुलगंगा घर भई काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय बिक्की लामा (बाफ्ले) रहेका छन् ।

सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - १२:५५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology