काठमाडौं । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको डिएसपी अनिल अधिकारीले जानकारी दिए। उनको बयान भइरहेको प्रहरीले जनाएको छ।
उनले मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ। अधिवक्ता पाण्डेले केही दिनअघि प्राइभ टाइम्स टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।
त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको डिएसपी अधिकारीले बताए।