Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

दैनिकी न्यूज

१५, श्रावण २०८०
बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर र ठगी सम्बन्धी कसूर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले भक्तपुर दुवाकोटबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - १७:३७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology