Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

दैनिकी न्यूज

१५, श्रावण २०८०
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
images

काठमाडौं । टोखा नगरपालिका–९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ सय भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०८० सोमवार - १७:३२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology