Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

दैनिकी न्यूज

८, श्रावण २०८०
ललिता निवास प्रकरणमा थप २ जना पक्राउ
images

काठमाडौं । ललिता निवास प्रकरणमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हडपेको आरोपमा नक्कली मोही बनेका व्यक्तिहरू पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार सञ्जय महर्जन र सकुलानन्द महर्जन पक्राउ गरेको हो। सञ्जय र सकुलानन्दमाथि ११२ रोपनी जग्गा र नक्कली टिकिंछा गुठीको नाममा जग्गा लिँदा नक्कली मोही बनेको आरोप रहेको छ। उनीहरुलाई ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा लगिएको छ।

हालसम्म यस प्रकरणमा १९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०८० सोमवार - २०:४४:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology