Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

शरीर बन्धक लिन नहुने कसुरमा ललितपुरको महांकालका न्यासुर पक्राउ

शरीर बन्धक लिन नहुने कसुरमा ललितपुरको महांकालका न्यासुर पक्राउ

दैनिकी न्यूज

२७, आषाढ २०८०
शरीर बन्धक लिन नहुने कसुरमा ललितपुरको महांकालका न्यासुर पक्राउ
images

ललितपुर । शरीर बन्धक लिन नहुने कसुरमा महाङ्काल गाउँपालिका वडा नं. ३ बस्ने २० वर्षीय सुमन न्यासुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

असार २२ गते वेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको तथा ती किशोरीलाई सुमनले सोही गाउँपालिका वडा नं. ६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको भन्ने उजुरी असार २६ गते प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको हो ।

उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - १६:४७:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology