Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

दाहालमाथि गठबन्धन नरम

दाहालमाथि गठबन्धन नरम

दैनिकी न्यूज

२२, आषाढ २०८०
दाहालमाथि गठबन्धन नरम
images

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले यस्तो निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहितका प्रतिपक्षी दलले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेपछि सत्तारूढ दलले त्यसलाई असंसदीय व्यवहार भएको निष्कर्षसमेत निकालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री प्रचण्डको राजीनामा कल्पना पनि गर्न नसकिने बताएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफ्नो विषयवस्तु सदनमा भन्ने बताए । यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ २२, २०८० शुक्रवार - ०५:४६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology