Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिको रकम चोरी गर्ने व्यक्तिहरू पक्राउ

सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिको रकम चोरी गर्ने व्यक्तिहरू पक्राउ

दैनिकी न्यूज

२१, आषाढ २०८०
सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिको रकम चोरी गर्ने व्यक्तिहरू पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरेका एक पीडितको साथबाट ७ हजार ४७ अमेरिकन डलर चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त अमेरिकन डलर चोरी गर्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई हाल भक्तपुर ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्सा ठोरी गाउँपालिका–५ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–५ फर्पिङ बस्ने ३३ वर्षीय आईतमान तामाङ, सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल ललितपुर ईमाडोल बस्ने २१ वर्षीया सविना तामाङ र चोरी गरेको अमेरिकन डलर सटही गर्ने ललितपुर महानगरपालिका(१७ ग्वार्को बस्ने ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सञ्जिव, आईतमान र सविनालाई ललितपुर ग्वार्कोबाट नेपाली नगद २ लाख रूपैयाँ र मोबाइलहरूसहित तथा मंगल लक्ष्मीलाई ललितपुर वकुबहालस्थित महाबुद्ध मनि एक्सचेन्जबाट अमेरिकन डलर १ सय दरको २८ थानसहित पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०८० बिहिवार - १९:२१:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology