Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

नक्कली नोटसहित ललितपुरबाट एक जना पक्राउ

नक्कली नोटसहित ललितपुरबाट एक जना पक्राउ

दैनिकी न्यूज

१८, आषाढ २०८०
नक्कली नोटसहित ललितपुरबाट एक जना पक्राउ
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ ईमाडोलबाट ५ सय रुपैयाँ दरका १ सय ६० थान नक्कली नोटसहित सोही ठाउँ बस्ने मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ स्थायी घर भएका ४२ वर्षीय प्रशान्त भन्ने पासाङ भोम्जनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - ०६:३३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology