Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

दैनिकी न्यूज

१५, आषाढ २०८०
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका-१० शंखमुल बस्ने सीता बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौं धुमबराही बस्ने ३५ वर्षीय लक्ष्मण श्रेष्ठ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बस्नेतको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार १ सय २० रूपैयाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०८० शुक्रवार - १९:५८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology