Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि हातपात गरेको आरोपमा एक कानुन व्यवसायी पक्राउ

ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि हातपात गरेको आरोपमा एक कानुन व्यवसायी पक्राउ

दैनिकी न्यूज

१४, आषाढ २०८०
ललितपुर जिल्ला अदालतकी कर्मचारीमाथि हातपात गरेको आरोपमा एक कानुन व्यवसायी पक्राउ
images

ललितपुर । ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा एक अधिवक्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। आफूलाई हात पात गरेको भन्दै नायब सुब्बा प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएकी थिइन्।

मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले बुधबार दिउसो करिब ४ः३० बजे हातपात गरेको तामाङको दाबी छ। तामाङको मुखमा चोट देखिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले लामिछानेलाई पक्राउ गरिएको बताए।

उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पेश गरी उनीमाथि म्याद थप गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ १४, २०८० बिहिवार - १५:०९:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology