काठमाडौं । सरकारले आज (असार १४ गते बिहीबार) देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माद्वारा जारी सूचनामा भनिएको छ ‘नेपाल राजपत्रमा मिति २०७९–१२–०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'