Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

लागू पदार्थ सेवनलाई निरुत्साहित गर्न जनचेतना जगाउनु पर्ने

लागू पदार्थ सेवनलाई निरुत्साहित गर्न जनचेतना जगाउनु पर्ने

दैनिकी न्यूज

१३, आषाढ २०८०
लागू पदार्थ सेवनलाई निरुत्साहित गर्न जनचेतना जगाउनु पर्ने
images

ललितपुर । प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले परिवारको अनावश्यक दवाव,गलत साथीहरूको संगतले लागू ओैषधमा फस्नेहरुको संख्या बढेको वताएका छन् । लागुओैषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै प्रतिनिधिसभा सदस्य महर्जनले लागू पदार्थ सेवनलाई निरुत्साहित गर्न जनचेतना जगाउनु पर्ने वताएका हुन् । ‘एक लाख तीस हजार चार सय २४ सक्रिय लागू ओैषध प्रयोगकर्ता अहिले पनि भएको तथ्यांक छ । जसमध्ये ८ हजार ७ सय ३२ महिला छन् । यसले धेरैको परिवारमा विच्छेद भएको घटना निम्त्याएको छ। यसलाई नियन्त्रण गर्न हामी सबै नियमित ढंगले लाग्नु आवश्यक छ।' महर्जनले भने ।

पूर्वस्वास्थ्य राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य डाक्टर तोसिमा कार्कीले लागू पदार्थको प्रयोग र यसको दुरुपयोग तथा अवैध ओसारपसारमा लाग्नेहरु किन लागे भनेर कारण खोज्नु पर्ने वताइन् । 'कुलतमा फसेकाहरुलाई अमानवीय ढंगले यातना दिएर कसैलाई सुधार गर्न सकिदैन । कुलतमा किन फसे भनेर कारण खोज्नु पर्छ । साथी संगतको कारणले धेरै फसेका छन् । बेरोजगार पनि महत्त्वपूर्ण कारक तत्व हो ।' डा. कार्कीले भनिन् । उनले सुधार गृहलाई स्वास्थ्य मन्त्रालय माताहत राख्नुपर्ने, कुलतमा फसेकालाई अपराधी जस्तो व्यहार नभई मायाममता दिनुपर्नेमा जोड दिइन् । उनले अब बन्ने स्वास्थ्य नीतिमा यस बिषयलाई सम्बोधन गर्न प्रयत्न गर्ने वताइन् ।

प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले लागू पदार्थ दुर्वयसन र लागुओैषध दुरुपयोग तथा अवैध ओसारपसार व्यक्तिको मात्रै हैन, परिवार र समाजको पनि समस्या भएको वताए । उनले यसकालागि जनचेतनाको धेरै काम गर्न बाँकी रहेको र वर्तमानमा कानूनी समस्या बढी भएको ओैल्याए । उनले १ लाख ३० हजार सक्रिय लागुओैषध प्रयोगकर्ताका कारण ४ लाख परिवार र १५ लाख व्यक्ति प्रभावित प्रत्यक्ष प्रभावित भएको वताउँदै यसलाई रोक्न परामर्श महत्त्वपूर्ण भएकोमा जोड दिए ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले लागू पदार्थ प्रयोगकर्ताहरुलाई यसबाट मुक्त गर्ने गरि संसदमा बजेट तय गर्नेगरी छलफल नभएकोमा दुस्ख व्यक्त गरे । ुविश्व स्वास्थ्य संगठन लागू पदार्थ सेवन रोग हो भनेको छ । हामीले यसलाई आपराधमा रुपान्तरण गरिरहेका छौं । समस्या यसैमा छ। ओसारपसार अपराध हो, तर सेवनकर्ता त रोगले पीडित हो नि १ु पूर्वमन्त्री तामाङले भने । उनले पुनर्स्थापना केन्द्र स्वास्थ्य मन्त्रालय माताहात हुनुपर्ने, गाँजालाई अरुसंग दाँजेर लागुओैषध वनाइएकोले यसो गर्न नहुनेमा जोड दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नीति निर्माता र कार्यान्वयनकर्ता, समाज, प्रहरी सबैले मिलेर अगाडि बढे लागुओैषध दुरुपयोग तथा अवैध ओसारपसार रोक्न र कुलतमा फस्न नदिने काम गर्न सकिने वताए ।

353988541_282657727623774_2871523720463215235_n.jpg

नेकपा एमालेका प्रदेश कमिटी सदस्य सरोज सिह डंगोलले भेदभाव रहीत तरिकाले परामर्श तथा उपचार गरेर कुलतमा लागेकाहरुलाई नियन्त्रण गर्न सकिने वताए ।

ललितपुरका प्रहरी प्रमुख सिद्धिविक्रम सिंहले आफू फस्ने र आफू फसेर साथीलाई पनि फसाउने व्यवहार लागू ओैषध प्रयोगकर्तामा हुने वताउँदै नेपाल प्रहरीले चालू आवमा देशभर ७०० वटा लागू ओैषध विरुद्ध समाज र विद्यालयमा कार्यक्रम गरेको जानकारी गराए ।

हरेक वर्ष जुन २६ लाई लागुओैषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । कलंक भेदभावको वलियो रोकथामका लागि मानिस पहिलो भन्ने नारा सहित यस वर्ष यो दिवस मनाइएको हो ।

images
प्रकाशित मिति :आषाढ १३, २०८० बुधवार - २०:००:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology