Logo

शनिवार, आश्विन २४ गते २०८३

images

ललितपुरबाट मिटरव्याजीको आरोपमा ज्ञानेन्द्र महर्जन पक्राउ

ललितपुरबाट मिटरव्याजीको आरोपमा ज्ञानेन्द्र महर्जन पक्राउ

दैनिकी न्यूज

११, आषाढ २०८०
ललितपुरबाट मिटरव्याजीको आरोपमा ज्ञानेन्द्र महर्जन पक्राउ
images

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरले मिटरब्याजीको आरोपमा एक जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नं. २६ घर भई हाल ललितपुर–१४ नखिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको हो।

ज्ञानेन्द्रले ललितपुर महानगरपालिका–११ का ३७ वर्षीय मनोज महर्जनलाई ३० लाख रुपैयाँ सापटी दिएर एक करोड बढी लिएको आरोप छ।

मनोजको जाहेरीपछि पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए।

मनोजलाई ३० लाख दिएपछि वैदेशिक रोजगारीको कागज गराएका उनले पटक–पटक १ करोड २६ लाख रुपैयाँ लिइसकेको प्रहरीको दाबी छ। उनलाई अनुचित लेनदेन गर्न नहुने कसुरको आरोपमा प्रहरीले अदालतबाट ७ दिन म्याद लिएर अनुसन्धान अगाडि बढाएको छ।

जुपिटरटोलस्थित घरबाट पक्राउ परेका महर्जनको घर कोठासमेत प्रहरीले खानतलासी गरेको छ। घरबाट ७ करोड २९ लाख ७७ हजार रुपैयाँ बराबरको विभिन्न व्यक्तिहरूको नामको २३ वटा तमसुकसमेत प्रहरीले बरामद गरेको छ।

तीमध्ये केही वडाबाट प्रमाणित भएकोसमेत पाइएको छ। यस्तै विभिन्न बैंक तथा सहकारीका १ करोड ३४ लाख रुपैयाँ बराबरको विभिन्न व्यक्तिहरुको नामको चेकसमेत उनीबाट बरामद गरेको छ।

ती चेक म्याद नाघेका, दस्तखत नभएका, मिति खाली रहेका समेत गरी ३२ थान रहेको एसएसपी शाहले बताए।

images
प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १२:३४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology