काठमाडौं । स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक महिला काठमाडौंको बौद्धबाट पक्राउ परेकी छन्।
काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट एक जना महिलालाई मंगलबार अपराह्न पौने ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मनाङ हिस्याङ गाउँपालिका(४ की ३० वर्षीया कर्मा ल्यामो गुरूङ पक्राउ परेकी हुन्। उनीबाट ३३ लाख ५० हजार रूपैयाँ बरामद भएको छ।
हुन्डीको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त बौद्धबाट डिएसपी हरि बस्नेतको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।