Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो

दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो

दैनिकी न्यूज

५, आषाढ २०८०
दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो
images

काठमाडौं । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ ।

नेपालमा १ दशकको अवधिमा कुनै पनि वर्ष पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको छैन । तर, कोभिड–१९ महामारी अवधिका २ वर्ष सन् २०२० र २०२१ मा भने नेपालमा पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९–८० अनुसार ती वर्षमा पर्यटकको बसाइ अवधि लम्बिएको छ । तर, महामारी कम भएको र पर्यटक आगमनमा क्रमिक सुधार देखिएको सन् २०२२ मा भने बसाइ अवधि घटेको छ । आर्थिक सर्वेक्षणअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनमा झरेको छ । सन् २०२० र २०२१ मा क्रमशः औसत बसाइ अवधि १५ दशमलव १ र १५ दशमलव ५ दिन रहेको सर्वेक्षणमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक २०२१’ ले पनि पछिल्लो दशकमा ती वर्षहरूमै सबैभन्दा बढी अवधि पर्यटक नेपाल बसेको देखाउँछ । अन्य वर्षमा भने औसत बसाइ अवधि १२ देखि साढे १३ दिनसम्म देखिन्छ । ती वर्षमा कोभिड–१९ बाट बच्न र रोकथामका लागि सरकारले ल्याएका मापदण्डका कारण पर्यटकको बसाइ अवधि बढेको होटेल एशोसिएशन नेपाल ९हान०का अध्यक्ष विनायक शाह बताउँछन् । उनका अनुसार कोरोना क्रमशस् कम हुँदै गएपछि छिमेकी मुलुकहरूबाट पर्यटक बढी आए ।

उनीहरू काठमाडौं, पोखरा, चितवन जस्ता गन्तव्यमा धेरै जाँदा बसाइ अवधि घट्न गयो । आर्थिक सर्वेक्षणका अनुसार कुल पर्यटकमध्ये १० प्रतिशत साहसिक पदयात्रा÷पर्वतारोहण गर्न आउँछन् । सबैभन्दा बढी मनोरञ्जन, बिदा, यात्राका लागि आउँछन् । त्यस्ता पर्यटकको कुल आगमनमा ६४ दशमलव ७ प्रतिशत अंश रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

तीर्थयात्राका लागि आउनेको अंश भने १२ दशमलव ९ प्रतिशत छ । नेपालमा धार्मिक पर्यटनका लागि विभिन्न देशका नागरिक आए पनि सन् २०२२ मा भने लुम्बिनी आन्तरिक र बा≈य पर्यटकको प्रमुख रोजाइमा रहेको देखिएको छ ।

कोभिडको असर कम भएसँगै सन् २०२२ मा लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बा≈य पर्यटकको कुल संख्या ९ लाख ४ हजार छ । यसमा नेपालीको संख्या ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार छ । नेपालमा सन् २०१९ मा झन्डै १२ लाख पर्यटक आएका थिए । त्यसपछिका वर्षहरू सन् २०२० मा २ लाख ३० हजार र सन् २०२१ म १ लाख ५१ हजार आएका थिए ।

सन् २०२२ देखि भने पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ पर्यटक नेपाल आए । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को ५ महीनामा नेपालमा कुल ४ लाख ४ हजार २३१ पर्यटन आएका छन् ।

यो खबर आजको आर्थिक अभियानमा छापिएको छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - ०६:३७:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology