Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

पर्यटनका माध्यमबाट देश समृद्ध बनाउनु पर्छः मन्त्री किराँती

पर्यटनका माध्यमबाट देश समृद्ध बनाउनु पर्छः मन्त्री किराँती

दैनिकी न्यूज

३, आषाढ २०८०
पर्यटनका माध्यमबाट देश समृद्ध बनाउनु पर्छः मन्त्री किराँती
images

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताएका छन्।


नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आयोजना गरेको ‘ललितपुर पत्रकारिता’ विमोचन कार्यक्रममा मन्त्री किराँतीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाज खरिद गर्नुपर्ने आवश्यकता भएको बताए। ‘नयाँ जहाज किन्ने तयारी भइरहेको छ। घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ,’ उनले भने।

जहाज उडानका लागि विभिन्न नयाँ रुटका विषयमा कुराकानी भइरहेको मन्त्री किराँतीले बताए। ‘कनेक्सन फ्लाइटबाट विदेशबाट आउनेलाई सिधै गन्तव्यमा जाने व्यवस्था गर्न लागेका छौँ,’ उनले भने।

सञ्चारकर्मीले असत्य कुरा मात्र प्रचारप्रसारमा बढी ध्यान दिएको उल्लेख गर्दै मन्त्री किराँतीले त्यसतर्फ सचेत हुन सबैमा आग्रह गरे। आफूले गरेको कामका बारेमा गलत प्रचार भइरहेको उनले गुनासो गरे।

पत्रकारिता क्षेत्रलाई थप मजबुद बनाउन आफ्नो क्षेत्रबाट तदारुकताका साथ लाग्ने मन्त्री किराँतीले प्रतिबद्धता व्यक्त गरे। पत्रकारिता क्षेत्रमा विभिन्न समस्या देखिएकाले त्यसलाई सुधार गर्न आवश्यक भएको उनको भनाइ थियो।

images
प्रकाशित मिति :आषाढ ३, २०८० आइतवार - ०६:४२:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology